Home » विमा रकम प्राप्त गर्ने मनसायले आफ्नै पसलमा आगो लगाउने व्यक्ति पक्राउ

विमा रकम प्राप्त गर्ने मनसायले आफ्नै पसलमा आगो लगाउने व्यक्ति पक्राउ

by Pokhara City

पोखरा

आपराधिक प्रवेश तथा आपराधिक उपद्रब सम्बन्धी कसूर

  • घटना विवरण : मिति २०८१।११।१६ गते अं.१९:०५ बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोड स्थित रहेको शर्मा आईटी हबमा आगलागी भएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी टोली खटिएको र  तत्काल दमकलको सहयोगमा आगो ऐ.१९:४५ पुर्ण रुपमा नियन्त्रणमा आएको ।
  • आगलागीबाट शर्मा आईटी हब जलेको अबस्थामा देखिएको । निजले व.प्र.का. वैदाममा मिति २०८१।११।१७ गते रु.९४,००,०००।–क्षेति भएको भनी निवेदन प्राप्त भएको ।
  • जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. ८ न्यूरोड स्थित व्लक र टिनको टहरामा शर्मा आईटी हबको पसल  गत पौषबाट  संचालन गर्दै आएको (मासिक रु.३५,०००।– भाडा रहेको)।
  • पसलमा २ जना कामदार रहेकोमा  निजहरु घटनाको दिन बिदामा रहेको ।
  • पसल घटनाको २ दिन देखि अगाडी देखी बन्द रहेको ।
  • शिखर ईन्स्योरेन्स कम्पनी लि.बाट रु.१,००,००,०००।– (एक करोड) बराबरको विमा गरेको
  • घटनाको ३ दिन पछी मिति २०८१।११।१९ गते मोवाईल चार्जमा राखी वास रुम गई फर्कदा केही पड्किएको आबाज आई आगोलागी भएको भन्ने व्यहोराको भएको बिमा रकम दावीको लागि शिखर ईन्स्योरेन्समा निवेदन दिएको ।
  • घटनास्थलको प्रकृतीको अध्ययन
  • घटनास्थलबाट मनुयल्ली र डिजिटली दुवै प्रकारबाट आगोलागी भएको घटनाको वारेमा सवुद प्रमाणहरु संकलन
  • निजले तालचोकमा संचालन गरेको पसलको पनी अनुसन्धान
  • अनुसन्धानलाई सहयोग पुग्ने प्रयाप्त तथ्यको संकलन

माथी उल्लेखित बिभिन्न तथ्य हरुको आधारमा बिष्लेषण गर्दा

 कामदार बिदामा रहेको अवस्थामा गत माघ महिनामा ईन्सुरेन्स गराएको रकम दावी गरी रकम लिने दुषित मनसायको साथ पोखरा म.न.पा. ८ न्युरोडमा रहेको आफ्नै पसल शर्मा आई टि हवमा आगोलागी गरेको  अनुमानको साथ निजलाई पक्राउ गरी आपराधिक प्रवेश तथा आपराधिक उपद्रब सम्बन्धी कसूरमा सम्मानित कास्की जिल्ला अदालतबाट  ७ दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको ।

You may also like