अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा जुवा वा सट्टावाजी गर्न नहुने कसूरमा ५ जना मानिस पक्राउ
मिति २०८१।११।२३ गते अं.१७:०० बजे जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १४ अनुपम टोल स्थितमा शंकास्पद गतिविधी भईरहेको भन्ने गोप्य सूचानाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्र.उ. श्याम बाबु ओलियाको कमाण्डमा संयुक्तरुपमा खटिएको प्रहरी टोलीले ५ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाईएको ।
उक्त स्थानमा जिल्ला पर्वत स्थायी घर भएका रुपेन्द्र जि.सी.को साढे ३ तलाको घरबाट क्रिप्टो करेन्सी कारोवार, अनलाईन जुवा/ सट्टावाजी मा प्रयोग गरिएको भनिएका विभिन्न ईलेक्ट्रोनिक डिभाईसको फेला परेको ।
• मोवाईल फोन- ३१ थान,
• कम्प्युटर मनिटर- २ थान,
• कम्प्युटर CPU- ३ थान
• ल्याप्टप- ४ थान,
• I pad- १ थान,
• किवोर्ड- २ थान,
• माउस- १ थान,
• राउटर- ४ थान,
• पेनड्राईभ- ३ थान,
• हार्डडिक्स- १ थान,
• मल्टिपल्क- १ थान,
• चार्जर- ११ थान,
• USB पोर्ट सहितको स्टेण्ड- १ थान,
• स्टेम्प छाप- १ थान
• नगद रु.७२,५००।- लगाएतका सामानहरु बरामद भएको ।
पक्राउ व्यक्तिहरुको विबरण
निजहरुले आफ्नो तथा आफन्तको नाममा विभिन्न बैंकहरुमा खाता खोली कारोवार गरेको ।
• Whats app, Telegram, cash app, chime app, USDT (Tether) मार्फत तत्काल उपलब्ध डिटेलस अनुसार Gambling अन्तर्गत रु.१५,००,००,०००।– (पन्ध्र करोड) र अभौतिक मुद्रा को १५,००,००,०००।– गरी रु.३०,००,००,०००।- कारोवार भएको ।
• दैनिक 3 shift खेलाउने, कम्तिमा एक सिफ्टको $ 3000 को दरले online gambling गराउने गरेको ।
• निजहरुलाई अभौतिक मुद्रा प्रयोग र जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा सम्बन्धमा अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
• सम्मानित जिल्ला अदालत बाट ७ दिन को म्याद थप भएको ।

