Home » एबिसी कपमा हेटौडा र रुपन्देही ११ भिड्ने

एबिसी कपमा हेटौडा र रुपन्देही ११ भिड्ने

by Pokhara City

पोखरा ।

तेश्रो एबिसी ४५+ ८–ए साइड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधीका लागि हेटौडा भेट्रान्स र रुपन्देही ११ भेट्रान्स फाइनल प्रवेश गरेका छन ।

बुधवार सम्पन्न पहिलो सेमी फाइनलमा हेटौडाले चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा हेटौडाका प्रकाश महर्जनको गोल नै निर्णायक बन्न सफल भयो । उक्त खेलमा हेटौडाका सुमन केसीले प्लेयर अफ दी म्याचको उपाधी हात पारे ।

त्यसैगरी दोश्रो सेमि फाइनलमा रुपन्देही ११ ले एसएनकेसीलाई टाईब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गर्यो । निर्धारित समयमा १–१ गोल बराबरीमा खेल टुंगिएपछि टाइब्रेकरमा कालिका स्पोर्टिग क्लब (रुपन्देही ११ )ले एसएनकेसीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । उक्त खेलमा रुपन्देही ११ का पूर्ण बहादुर राना प्लेयर अफ दी म्याच घोषित भए ।

फाइनल खेल बिहीबार दिनको १ बजे हुनेछ । प्रतियोगिताका बिजेताले १ लाख ५५ हजार ५ सय ५५, ट्रफी र मेडल प्राप्त गर्नेछन भने उपबिजेताले ७७ हजार ७ सय ७७, ट्रफी र मेडल प्राप्त गर्ने क्लबका सचिव बिजय घिमिरेले जानकारी दिए ।

You may also like