सन्देश श्रेष्ठ
पोखरा, चैत २७
पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा भएको छ । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा लेखनाथस्थित ईडन हेभन क्रिकेट मैदानमा जारी पोखरा महानगरपालिका अन्तर विद्यालय छात्रा टि–२० क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा पुग्ने ४ वटै टिमको बुधबार टुंगो लागेको हो । समूह चरणमा एक÷एक जितेका अमरसिंह मावि, भद्रकाली मावि, त्रिभूवन शान्ति मावि र वाराही मावि सेमीफाइनलमा प्रवेश गरेको पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत अब विहीबार फाइनल प्रवेशका लागि पहिलो सेमीफाइनल खेलमा अमरसिंह माविले भद्रकाली मावि र त्रिभूवन शान्ति माविले वाराही माविको सामना गर्नेछ ।
यसअघि विहीबार भएको खेलमा भद्रकाली माविले शुक्रराज बलभद्र माविलाई १३ रनले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको थियो । शुक्रराज बलभद्र माविले टस जितेर फिल्डिङ रोजेपछि पहिलो ब्याटिङमा उत्रिएको भद्रकाली माविले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । भद्रकालीका लागि रिसा तामाङले १८ बलमा २२ रन र स्नेहा गुरुङले १५ बलमा १९ रनको योगदान दिईन् । शुक्रराज बलभद्रकी सेञ्जिला मगरले ३ ओभरमा २३ रन खर्चेर २ विकेट हत्याईन् ।
१५६ रनको लक्ष्य पाएको शुक्रराज बलभद्र १५ ओभरमा २ विकेट गुमाएर १४२ रनमा सिमित भएपछि भद्रकाली मावि बिजयी भएको हो । शुक्रराज बलभद्रका लागि रोजी परियारले ५० बलमा ५६ रन र रेजिना विश्वकर्माले १९ बलमा २१ रनको महत्वपूर्ण योगदान दिएपनि हार टार्न सकिनन् । भद्रकालीकी रिया तामाङले ३ ओभरमा १४ रन खर्चेर १ विकेट हत्याएकी थिईन् ।

यस खेलमा बिजयी स्कुल भद्रकाली माविकी रोजी परियार प्लेयर अफ दी म्याच घोषित भईन् ।
अर्को खेलमा अमरसिंह माविले नवप्रभात माविलाई १०५ रनको फराकिलो अन्तरले पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित ग¥यो । टस जिते पहिलो ब्याटिङ गरेको अमरसिंह माविले निर्धारित १५ ओभरमा ३ विकेटको क्षेतिमा २२७ रनको विशाला योगफल तयार ग¥यो । अमरसिंह माविकी अपेक्षा बुढाथोकीले ६२ बलमा १०९ रनको शतकीय पारी खेल्दा चन्द्रमाया बरालले २८ बलमा ४९ रनको महत्वपूर्ण योदान दिईन् । ।
२२८ रनको विशाल लक्ष्य पछ्याएको नवप्रभात मावि निर्धारित १५ ओभरमा ६ विकेटको क्षेतिमा १२२ रनमा सिमित भएपछि अमरसिंह मावि फराकिलो अन्तरको जित हात पार्न सफल भएको हो । नवप्रभात माविकी रसिता श्रेष्ठले २२ बलमा २६ रन र विनिता पाण्डेले १५ बलमा २० रनको योगदान दिएपनि हार टार्न असफल भईन् । नवप्रभातलाई कम रनमा समेट्न अमरसिंहकी चन्द्रमाया बरालले ३ ओभरमा २० रन खर्चेर २ विकेट हत्याईन् ।
यस खेलमा बिजयी अमरसिंह माविकी अपेक्षा बुढाथोकी प्लेयर अफ दी म्याच घोषित भईन् ।
प्रतियोगिताको उद्घाटन खेलमा त्रिभूवन माविले लक्ष्मी माविलाई सुपर ओभरमा पराजित गर्दै बिजयी यात्रा शुरु ग¥यो । निर्धारित १५ ओभरको खेल टाई भएपछि सुपर ओभरमा पुगेको खेलमा त्रिभूवन माविले पहिले ब्याटिङ गर्दै ९ रन बनाएको थियो । जवाफी ब्याटिङमा लक्ष्मी माविले ६ रन मात्रै बनाएपछि त्रिभूवन मावि ३ रनले बिजयी भएको हो । यसअघि टस जितेको त्रिभूवन माविले फिल्डिङ रोजेपछि पहिलो ब्याटिङ गरेको लक्ष्मी माविले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १५१ रन बनाएको थियो । लक्ष्मी माविका लागि सुप्रिया गुरुङले ५३ बलमा ७३ रन र प्रतिमा जयसवालले १२ बलमा १७ रनको योगदान गरे । त्रिभूवन माविकी प्रिया परियारले ३ ओभरमा २३ रन खर्चेर ३ विकेट र बबी यादवले समान ३ ओभरमै २३ रन खर्चेर २ विकेट हत्याईन् ।
१५२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको त्रिभूवन माविले १५ ओभरमा ३ विकेट गुमाएर समान १५१ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो । त्रिभूवन माविका लागि विपस्यना कार्कीले ४९ बलमा ६६ रन र अनुस्का नेपालीले २३ बलमा २६ रनको योगदान दिएका थिए ।
उद्घाटन खेलमा त्रिभूवन माविकी विपस्यना कार्की प्लेयर अफ दी म्याच घोषित भईन् ।
दोश्रो खेलमा वाराही माविले कालिका माविलाई ९ विकेटले पराजित गर्दै सेमीफाइनल यात्रा सुनिश्चित ग¥यो । टस जितेर वाराही माविले फिल्डिङ रोजेपछि कालिका माविले पहिलो व्याटिङ गर्दै निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर ११७ रन बनाएको थियो । कालिका माविका लागि पूजा वैजुले ४२ बलमा २८ रन र स्मारिका चौधरीले २० बलमा १५ रनको योगदान दिए । कालिका माविलाई सस्तैमा समेट्न वाराही माविकी सुस्मा पौडेलले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट र हिरा मगरले समान ३ ओभर नै बलिङ गर्दै १६ रन खर्चेर २ विकेट हत्याए ।
११८ रनको लक्ष्य लिएर जवाफ ब्याटिङमा उत्रिएको वाराही माविले ९.३ ओभरमा १ विकेटको क्षेतीमा लक्ष्य भेट्टायो । बिजयी वाराही माविकी सुस्मिता श्रेष्ठले १५ बलमा ३३ रन र सोनिमा थापा मगरले २१ ब्लमा ३२ रनको योगदान दिए ।
दोश्रो खेलमा बिजयी वाराही माविकी सुस्मा पौडेल प्लेयर अफ दी म्याच घोषित भईन् ।
महिला क्रिकेटको लोकप्रियता बढ्दै गइरहेको सन्दर्भमा ग्रास रुट क्रिकेटको विकाससँगै नया खेलाडीको प्रतिभा प्रष्फुटनसँगै खेलाडी पहिचान गर्ने उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए । ‘खेलाडी उत्पादन गर्ने दायित्व पोखरा महानगरकोपनि हो । त्यसैले दायित्व पूरा गर्न प्रतियोगिता आयोजना गरेका हौं’–उनले भने ।