Home » सुन र चाँदी जस्तो देखिने धातु र नगदसहित मानिसहरु नियन्त्रणमा

सुन र चाँदी जस्तो देखिने धातु र नगदसहित मानिसहरु नियन्त्रणमा

by Pokhara City

पोखरा

मिति २०८२।०१।०२ गते, काठमाडौंका विभिन्न स्थानहरुमा सुन तथा चाँदीको अबैध कारोबार भई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौ र प्रहरी वृत्त बौद्वबाट खटिएको प्रहरी टोलीले बिभिन्न सुन रिफाईनिङ एण्ड टंच सेन्टरहरुमा खानतलासी गर्दा निम्न परिमाणमा बिल बिजक बिनाको सुन र चाँदी जस्तो देखिने धातु र नगद सहित निम्न मानिसहरु नियन्त्रणमा लिई थप अनुसन्धानका लागि आन्तरिक राजश्व विभाग,हरिहर भवन ललितपुर पठाइएको ।


पक्राउ परेका मानिसहरुः
१. देश भारत महारष्ट्र घर भई हाल का.जि. गोकर्णेश्‍वर न.पा. ५ जोरपाटी बस्ने बर्ष ३० को नबनाथ बाकु कसीद,
२. देश भारत महारष्ट्र घर भई हाल का.जि. गोकर्णेश्‍वर न.पा. ५ जोरपाटी बस्ने बर्ष २० को सन्दिप पोपट हजारे,
३. देश भारत महारष्ट्र घर भई हाल का.जि. चावहिल बस्ने बर्ष २२ को अन्सार दिलावर सिकल्गार,
४. देश भारत महारष्ट्र घर भई हाल का.जि. चावहिल बस्ने बर्ष १८ को सुरज राजेश मदने,
५. देश भारत महारष्ट्र घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा.१२ बस्ने बर्ष २१ को अरमान हनिफ ईनामदाय,
६. देश भारत महारष्ट्र घर भई हाल का.जि. बुढानिलकण्ठ न.पा.१२ बस्ने बर्ष २२ को मनोज सुभाष सकट,
७. देश भारत महारष्ट्र घर भई हाल का.जि.का.म.न.पा ७ बस्ने वर्ष ३८ को अमोल कुमार गोस्ले,
८. देश भारत महारष्ट्र घर भई हाल का.जि. चावहिल बस्ने बर्ष २० को सुनिल मिटकरी,
९. देश भारत महारष्ट्र घर भई हाल का.जि. चावहिल बस्ने वर्ष २० को सुरज नन्दीवाली ।

बरामद दसीः-

सि.न.स्थानसुन (ग्राम)चाँदी (ग्राम)नगद (ने.रु.)नगद (भा.रु.)
जोरपाटी६७४.८२८६००९.५९४१९११५/-११७००/-
कपन१९१.८२०७६४०.२४४३३८५/-
चावहिल२०९.८७४३९५.६९४०५०००/-
जम्मा१०७६.५१८१८०४५.५२९
मुल्यरु १,७०,१०,०६० ।-रु ३०,०९,०९१.१३/-रू.८२७,५००/-११,७००/-



You may also like