फेवा महोत्सव सकिंदै

पोखरा, १ बैशाख
फेवा तालको किनारमा आयोजित १६ औ फेवा नब बर्ष २०७६ का अवसरमा आयोजित झाँकी प्रतियोगितामा बाँझापाटन तमु सममाज प्रथम भएको छ ।

प्रतियोगितामा ताङतिङ दूधपोखराी तमु समाज द्वितीय र सिमाना मार्ग मिलन भजन समूह तृतीय भएका छन् । क्षत्री महिला समाजले भने सान्त्वना स्थान हासिल गरेको थियो ।यसैगरी महोत्सवकै अवसरमा आयोजित आमा समूहहरुको प्रस्तुतीमा भने देवीस्थान भलछोपुवा आमा समूह प्रथम, अन्नपूर्ण आमा समूह द्वितीय र सक्षम आमा समूह तृतीय भएका छन् ।

गाईघाट आमा समूह भने प्रतियोगितामा सान्त्वना स्थान हासिल गर्न सफल भएको छ । दुबै प्रतियोगितामा गरी कूल ३६ समूहले भाग लिएको महोत्सवका प्रचार संयोजक एवं आयोजक पश्चिमाञ्चल होटल संघ पोखराका महासचिव गणेशराज पहारीले जानकारी दिए ।

महोत्सव अन्तर्गत नै गण्डकी प्रदेशस्तरीय लोक नृत्य प्रतियोगिता पनि समावेश गरिएको थियो ।झाँकी प्रतियोगितामा प्रथम हुनेले ५१ हजार रुपैयाँ, दोश्रो हुनेले ३० हजार रुपैयाँ, तृतीय हुनेले २० हजार रुपैयाँ र शान्त्वना स्वरुप १० हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको थियो । यसैगरी आमा समूह विचको प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँ व्यवस्था गरिएको थियो ।

नृत्य प्रतियोगिताका विजेताले ३० हजार रुपैयाँ, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरुप क्रमशः २० हजार, १० हजार र पाँच हजार रुपैयाँ व्यवस्था गरिएको थियो । भरतराज शर्मा र दोर्जे तामाङले सांस्कृतिक उपसमितिको जिम्मेवारी निर्वाह गरेका थिए । खाना, संस्कृति र संगीत भन्ने नाराका साथ आयोजित महोत्सव गत चैत २९ गतेबाट लेकसाइड स्थित कोमागाने पार्कमा सुरु भएको थियो । आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्दै फेवा तालको संरक्षणमा सचेतना फैलाउने उद्धेश्यसाथ यो महोत्सव आयोजना गरिएको महोत्सवको संयोजक विकल तुलाचनले जानकारी दिए । महोत्सव बैशाख १ आइतबार सम्मका लागि आयोजना गरिएको हो ।

Related Post

JOIN THE DISCUSSION