बर्दिया पोखरा सम्पर्क समाजको शुभकामना आदानप्रदान

पोखरा, ३० चैत

बर्दिया पोखरा सम्पर्क मञ्च कास्कीको अयोजनामा शनिबार पोखरामा नयाँ बर्षको उपलक्ष्यमा शुभकामना आदान प्रदान एवं भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा शुभकामना दिँदै बर्दिया क्षेत्र नम्बर १का संघीय सांसद एबं पूर्व सिंचाईमन्त्री सञ्जय कुमार गौतमले विकास निर्माणका काममा राजनीति भन्दा माथि उठेर सबैले सोच्नु पर्ने बताए । पर्यटकीय नगरी पोखरा र बर्दिया अलग पहिचान रहेका पर्यटकिय स्थल रहेको चर्चा गर्दै उनले बर्दिया पोखरा सम्पर्क समाजले दुई अलग पर्यटकीय स्थान बीच सम्बन्ध समेत जोडेको धारणा राखे । उनले पोखराबाट प्राप्त अनुभव र शिपलाई बर्दिया र बर्दियाको नयाँपन पोखरालाई दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सांसद राजिव पहारीले पोखराबासी बर्दिया र बर्दियाबासी पोखरा आउन मौसम अनुकुल समयमा सहज हुने बताए । गण्डकी प्रदेश सरकारले २०१९लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरेको बताउँदै बर्दियामा रहेका थारु समुदायका बारेमा समेत यहाँ धेरै थोरै चर्चा हुने गरेको धारणा राखे । पोखरा आउने पर्यटकलाई थारु समुयदाय र बर्दियामा रहेका बन्यजन्तुको बारेमा कौतुहल रहने हुँदा त्यता तर्फपनि पर्यटकको आकर्षण पैदा गर्न सकिने उनको भनाई छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता दामोदर बैरागी, बर्दिया पोखरा सम्पर्क समाजका संस्थापक अध्यक्ष दिपक पौडेल, अध्यक्ष प्राडा दयाराम पोखरेल, महासचिव हिमालय बख्रेल, मदरल्याण्ड माविका संस्थापक निर्देशक डा.त्रिभूवन शर्मा बराल, युनाइटेड क्लवका अध्यक्ष लालकाजी गुरुङ, नेपाल प्रजातान्त्रिक यातायात व्यवसायी समितिका कार्यबाहक अध्यक्ष केदार पौडेल लगायतले शुभकामना दिएका थिए । उक्त अवसरमा थारु सस्कृतिसंग सम्बन्धित विभिन्न प्रस्तुति प्रस्तुत गरिएको थियो ।

Related Post

JOIN THE DISCUSSION