रत्यौली गीतमा मैदान आमा समुह उत्कृष्ट

शिशिर
पोखरा ०२ वैशाख

बाटुलेचौर स्थित हिमालय क्लवले आयोजना गरेको नवौं खुल्ला रत्यौली गीत तथा नृत्य प्रतियोगितामा मैदान आमा समुह प्रथम भएको छ ।

विगत ९ वर्षदेखि निरन्तर रुपमा आयोजना भैरहेको प्रतियोगितामा गन्र्धव आमा समुह दोस्रो, नमुना आमा समुह हेम्जा तेस्रो, लुठो र नृत्य तर्फ बडहरवोट आमा समुह र चण्डिका आमा समुह उत्कृष्ट भएका छन् । विजयी समुहलाई गण्डकी प्रदेशका सासंद गायत्री गुरुङ, पुष्पा के.सी भण्डारी र क्लवका अध्यक्ष मोहन थापाले नगद पुरस्कार प्रदान गर्नुभयो । त्यस क्षेत्रका १६ वटा आमा समुहले सहभागिता जनाएको कार्यक्रममा समुहका अध्यक्षलाई सम्मान समेत गरिएको सचिव प्रकाश थापाले जानकारी दिनुभयो ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै सासंद गायत्री गुरुङले ऐतिहासिक भुमिको रुपमा परिचित बाटुलेचौर कला र संस्कृतिमा पनि धनी रहेको बताउनुभयो । कार्यक्रम संयोजक राजकुमारी बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा सासंद पुष्पा के.सी भण्डारी, क्लव अध्यक्ष मोहन थापा, सहसचिव भीम गायक लगायतले कला र संस्कृति रहे मात्र राष्ट्रको पहिचान रहने बताए । रत्यौली हेर्न आसपासका क्षेत्रबाट स्थानियको बाक्लो उपस्थिती रहेको थियो ।

Related Post

JOIN THE DISCUSSION