हिमालय योग शिविर शुरु

पोखरा ०२ वैशाख
बाटुलेचौर स्थित हिमालय क्लवले हिमालय योग शिविर शुरु गरेको छ ।

आयो योग वर्ष, सबैमा छायो हर्ष भन्ने नाराका साथ शुरु भएको शिविर ५ दिनसम्म संचालन हुने क्लवका सचिव प्रकाश थापाले जानकारी दिनुभयो । दशौं चरणको उक्त शिविरमा सहभागिलाई पतञ्जली योग समितिका केन्द्रिय सदस्य नरेन्द्र लालचन, प्रदेश समितिका मन्त्री विश्वमणी तिवारी, सचिव लक्ष्मण पौडेलले योग र अवस्थाका विषयमा प्रशिक्षण दिनुभएको छ ।

शिविरमा होमकुमारी थापा, नरनाथ भट्टराई, विना के.सी, लक्ष्मी कुमारी पौडेल, सुन्दर थापा, ताराकुमारी अधिकारी, शारदा तिमिल्सीना, सविता पौडेल र दीपा गायकलाई सम्मान गरिएको छ । शिविरमा बोल्दै वडाध्यक्ष जीवन आचार्य, जिल्ला समन्वय समितिका सदस्य गुमादेवी अधिकारी गौतम, बहृमाकुमारी राजयोगिनी विष्णु दिदीले स्वस्थ जीवनका लागी योग अपरिहार्य रहेको वताए ।

Related Post

JOIN THE DISCUSSION