Home » माछापुच्छ्रे गाउँपालिकाबासी भन्छन्ः विकास र व्यवस्थापनका लागि गठबन्धनलाई जिताउछौँ

माछापुच्छ्रे गाउँपालिकाबासी भन्छन्ः विकास र व्यवस्थापनका लागि गठबन्धनलाई जिताउछौँ

by Pokhara City

पोखरा, २० बैशाख ।

कास्कीको माछापुच्छ्रे गाउँपालिकाका मतदाताहरुले यो पटक गठबन्धनका उम्मेदवारहरुलाई जिताएर नेतृत्वमा पठाउने वचन दिएका छन् । आसन्न स्थानीय चुनाव लक्षित घरदैलोको क्रममा मतदाताको घर घरमा पुगेका उम्मेदवारहरुलाई गाउँपालिकाबासीले यस्तो वचन दिएका हुन् ।

घरदैलोको क्रममा गठबन्धनको उम्मेदवारसहितको टोली मंगलबार गाउँपालिकाको वडा नम्बर १ स्थित करुवा कपुचे पुगेको थियो । सो स्थानका मतदाताले यो पटक कुनैपनि हालतमा गठबन्धनकै उम्मेदवारलाई जिताउने बताए । यसअगाडि वडामा काँग्रेसले जित निकालेपनि नेतृत्व गुम्दा माछापुच्छ«े गाउँपालिका पछाडि परेको अनुभव सुनाए ।

‘हामी गाउँपालिका व्यवस्थापनसँग सन्तुष्ट छैनौँ ।’ तामाङ समाज माछापुच्छ्रेका कोषाध्यक्ष ईन्द्रमान तामाङले भने–‘न हामीले चाहेजस्तो विकासका पुर्वाधार बन्न सके । न त उचित स्थानमा गाउँपालिकाको बजेट विनियोजन नै हुन सक्यो ।’ उनले गठबन्धनबाट घरदैलोमा गएका उम्मेदवारहरुलाई आफ्नो मागपत्र थम्याउँदै जितपछि विकास निर्माण र पर्यटकीय स्थल व्यवस्थापनमा विशेष ध्यान दिन उम्मदेवारहरुलाई आग्रह गरे ।

माछापुच्छ्रे गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका मीनबहादुर गुरुङले जनअपेक्षाअनुसार आफूले काम गर्ने प्रतिबद्धता जनाए । उनले जनताको काम जनतासँगै मिलेर गर्ने आफ्नो कार्यशैली हुने बताए । पोखरा महानगरको नजिकै भएपनि बत्तिमुनीको अँध्यारो जस्तै हुँदै आएको माछापुच्छ्रेमा सडक पहुँचसँगै स्तरोन्नती र पर्यटकीय क्षेत्रमा होम स्टेको व्यवस्थापमा आफूले विशेष ध्यान दिने उनले बताए ।

त्यस्तै उपप्रमुखमा उम्मेदवारी दिएकी सिता अधिकारीले महिला सशक्तिकरणको क्षेत्रमा आफूले काम गर्ने बताईन् । उनले महिला स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने गरि आफूले संयन्त्र बनाउने प्रतिबद्धता जनाईन् ।

गठबन्धनको तर्फबाट माछापुच्छ्रे गाउँपालिकामा प्रचारप्रसारको जिम्मा पाएका प्रचार सँयोजक खुशीमान गुरुङको नेतृत्वमा घरदैलो कार्यक्रम चलिरहेको छ ।

You may also like